‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसाबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्स÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत  कोसी  र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहन  महाशाखाले जनाएको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बदली र हिमपातका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५० बजे