चितवनमा पुस १४ गतेदेखि  ‘रैथाने फुड फेस्टिबल’ हुने 

काठमाडौँ । होटल व्यवसायी सङ्घ चितवनको आयोजनामा यही पुस १४ गतेदेखि १८ गतेसम्म ‘रैथाने फुड फेस्टिबल–२०८०’ आयोजना हुने भएको छ । 

विभिन्न प्रकारका स्थानीय खानाका परिकारको संरक्षण, प्रवर्द्धन र सम्वर्द्धनका लागि फेस्टिबल आयोजना गर्न लागिएको हो ।

सङ्घका अध्यक्ष लेखनाथ भट्टले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक साथै पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका–२ मा रहेको क्याम्पाचौरमा मेला आयोजना गर्न लागिएको छ ।

फुडफेस्टिबलमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ३१ बजे