‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतीय विदेशमन्त्री एस जयशंकर नेपालआउँदै, नेपाललाई एसडिपीमा सम्झौता गराउने तयारी

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन।

भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्।

नेपाल(भारत संयुक्त आयोगको बैठक पुस १९ गते नै बस्नेछ। बैठकमा नेपाल र भारतबीच द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ। मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ३९ बजे