दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला सुनाइने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुनुवाइ सुरु गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो । उक्त मुद्दामफैसला आजै आउने जनाइएको छ ।

आइतबारको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका थिए । वादी पक्षबाट बुधवारसम्म १० जना वकिलहरूले बहस गरेका थिए । बिहिबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

शुक्रबारसम्म दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि न्यायाधीश ढकालले आजै फैसलाको तयारी गरेका हुन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : २९ बजे