विराटनगर – दमक नगरपालिकाका मेयर राम थापाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर आफ्नो कार्यकक्षबाट हटाइ दिनुभएको छ।
मेयर राम थापाले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर हटाएर पृथ्वीनारायण शाहको तस्विर राख्नुभएको छ। थापा राप्रपाबाट निर्वाचित मेयर हुनुहुन्छ।
यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर आफ्नो कार्यकक्षबाट हटाएर किराँती राजा यलम्बरको तस्बिर राख्नुभएको थियो ।
प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ४ : ३३ बजे
प्रतिक्रिया