बालकुमारी घटना : प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका एक युवकको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेख घर रहेका २३ वर्षीय सुदन राउतको मृत्यु भएको हो ।

प्रहरीको गोलीलागेर घाइते भएका उनलाई घाइते अवस्थामा इमाडाेल स्थित किस्ट अस्पताल लगिएकामा उनको अस्पतालमै मृत्यु भएको हो ।

यता प्रहरीले भने टियर ग्याँसले लागेर मृत्यु भएको दाबी गरेको छ । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री ज्वालाको गाडी रोकेर जलाएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले गाडी जलाएपछि मन्त्री प्रकाश ज्वाला भागेर सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : २२ बजे