मन्त्रीको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको अभियोगमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । 

प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्याँस समेत प्रहार गरेको छ ।

प्रहरीको गोली लागि दुई जना गम्भीर घाइते भएका छन् । गोली लागि घाइते भएकाहरुको एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : २१ बजे