मन्त्री ज्वालालाई रेस्क्यु गरी सिंहदरबार पुर्‍याइयो

​​​​​​काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएकाे छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले मन्त्री र पिएसाेलाई गाडीबाट निकालेर  आगजनी गरेका थिए ।

साेलगत्तै प्रहरीले मन्त्रीलाई रेस्क्यु गरेर सिंहदरबार पुर्याइएकाे केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

'मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ',उनले भने । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : १० बजे