दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्   ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ गरेको बताएका हुन् ।

हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।”  प्रहरी नायब महानिरीक्षक कडायतले भने ।

गाडीमा आगजनी भएपछि स्थिति नियन्त्रणमा गोली चलाउँदा ३ जना घाइते समेत भएको बताइएको छ। 

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ५७ बजे