‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हामी त धन्न उम्कियौँ,गाडीसँगै ल्यापटप र कागजपत्र पनि जल्यो : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारीमा प्रदर्शनकारीले आफू चढेको गाडी जलाउँदा मन्त्रालयको ल्यापटपसँगै महत्वपूर्ण कागजपत्र पनि जलेको बताएका छन् ।

आफूलाई निकालेर गाडीमा आगो लगाइएको उनले बताए । 

‘हामी त उम्कियौँ। तर ल्यापटपसँगै मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन’, प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि मन्त्री ज्वालाले भने, ‘हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्।’

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३२ बजे