‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कञ्चनपुरमा किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ,अर्का फरार

कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् । किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।

अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए । पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुई जनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ०३ बजे