‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

हरेक दृष्टिले एमाले नै सबैको प्रिय पार्टी : उपमहासचिव ज्ञवाली 

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले हरेक दृष्टिले एमाले नै सबैको प्रिय पार्टी रहेको बताउनुभएको छ । 

नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उपमहासचिव ज्ञवालीले देशमा विकास, सुशासन र समृद्धि एमाले बाहेक कसैले गर्न नसक्ने बताउँदै उपमहासचिव ज्ञवालीले चौतर्फी घेराबन्दीकाबीच पनि एमाले देशको सबैभन्दा प्रिय र भरपर्दो पार्टी भएको चर्चा गर्नुभयो । 

नेकपा(एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईञ्चार्ज लालबाबु पण्डित, पार्टीको बाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा बागमती प्रदेश सम्पर्क कमिटीका नवनिर्वाचित अध्यक्ष अशोक कुमार ठकुरी, सम्पर्क समन्वय कमिटीका सहसंयोजक थानेश्वर बस्याल, सचिव ईन्द्र भण्डारी, बाग्मती प्रदेश सम्पर्क कमिटीमा अध्यक्षका प्रत्याशी विष्णु खनाल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ५१ बजे