‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपाली काँग्रेसको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

‘समुदायमा काँग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराउनुभएको थियो ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ४१ बजे