‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो ।

पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ ।

सम्भवत: भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ५४ बजे