काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो ।
अध्यक्ष हमालले घाटामा जान लागेको र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएर चलखेल गरेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।
प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ४ : ०७ बजे
प्रतिक्रिया