दार्चुलामा आगोले जलेर चार महिने शिशुको मृत्यु

खलङ्गा । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उहाँको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले आगो निभाएका थिए । 
 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : ०५ बजे