‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मिटरब्याजीले अदालतमै कुटे पीडितहरुलाई

काठमाडौं । सिरहामा अदालतमै मिटरब्याजीले पीडितलाई कुटेपछि पीडित रातभर प्रहरी कार्यालयमा धर्ना बसेका छन् ।

सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहलाई मिटरब्याजी श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर प्रहरी कार्यालयमा धर्ना बसेका हुन् ।

प्रहरीले निरौलाविरूद्व जाहेरी लिन नमानेपछि पीडितहरू जिल्ला प्रहरी कार्यालमै धर्नामा बसेका हुन् । प्रहरीले बिहान ७ बजे प्रहरीले निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरिएको छ ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको हो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : ५३ बजे