दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

​​​​​​​काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातजना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको छ। पुष १९ गतेदेखि लागू हुनेगरी न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगले जनाएको छ।

२०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात जिल्ला न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे ।

मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल कोशी,धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी मधेश,मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की बागमती प्रदेशको निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो।

यसैगरी  कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद वास्तोला गण्डकी, दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की लुम्बिनी,सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल कर्णाली र कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई सु्दूरपश्चिम प्रदेशका लागि निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अधिकृतले पुष १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १ : १३ बजे