हेटौंडाको मानव आश्रमका दुई युवाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडास्थित एक मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आश्रममा बस्दै आएकी १९ वर्षकी पूजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको हो ।

पूजालाई २०७६ सालमा बागलुङको सडकपेटीबाट उठाएर ल्याइएको थियो भने विकलाई मकवानपुरको बकैया– ३ हात्तिसुँडेस्थित बाटोबाट बेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : ३९ बजे