मिटर ब्याज पीडित महिलालाई अदालतभित्रै हातपात,दुई साहुकार समातिए

सिराहा । जिल्ला अदालत सिराहाको परिसर भित्र बुबा छोरा मिलेर मिटर ब्याज पीडित महिलालाई कुटपिट गरेपछि  विष्णुपुर-१ का श्याम यादव निरौला सहित उनको छोरा पक्राउ परेका छन् । 

बकपत्र गरेर फर्किने क्रममा निरौला र उनका छोराले दुई जना पीडित महिलालाई अदालत परिसरमै कुटपिट गरेका हुन् ।

‘न्यायका लागि अदालत पुगेका थियौँ, त्यहीँ पनि साहुकारले कुटपिट गर्‍यो,’ मिटरब्याजविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानले भने, ‘त्यसपछि हामीहरू जिल्ला प्रहरी कार्यालयअगाडि धर्नामा बसेका हौँ ।’ 

निरौलामाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि नबढाएसम्म धर्नामा बस्ने उनीहरूको अडान छ । जिल्ला प्रहरी सिराहा अगाडि २०० पीडित महिला धर्नामा बसेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ११ : ५१ बजे