दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमले कोसी प्रदेशलाई ११९ रनको चुनौती दियो

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । 

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक÷एक विकेट लिए । अहिले कोसी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ११ : ४४ बजे