‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रदेश र स्थानीय सरकारको अधिकारका लागि सङ्घलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा 

काठमाडौँ ।  सात वटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् ।

संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिन सात वटै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका हुन ।

सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा भेलामा छलफल हुने बताइएको छ  ।

यसअघि गत असारमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । तर यो अवधिमा सङ्घ सरकारबाट आफ्ना मागको सुनुवाइ नभएको भन्दै मुख्यमन्त्रीहरू पुनः भेला भएका हुन् ।

भोलिसम्म चल्ने भेलामा सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता छ ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : ५९ बजे