‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यक्ष ओलीलाई काँग्रेसको ‘मेलमिलाप दिवस’मा निम्तो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा एमाले अध्यक्ष ओलीलाई वक्ताका रूपमा निम्तो दिएको छ । 

सभापति शेरबहादुर देउवाले फोन गरेर यही पुस १६ गते हुने काँग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई निम्तो दिनुभएको हो ।

काँग्रेसले १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । 

सभापति देउवाले पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमका लागि वक्ताका रूपमा अध्यक्ष ओलीलाई फोन गरेर निम्तो दिनुभएको हो ।

आज कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रूपमा पत्र नै पठाउने काँग्रेसले जनाएको छ ।  

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : ०७ बजे