दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर, २१ जनालाई सफाइ

बाँके । बाँकेमा सहकारीको रकम हिनामिना मुद्दामा १९ जना दोषी ठहरिएका छन् । 

बाँके जिल्ला अदालतले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । बाँके जिल्ला अदालतले ४३ करोड रुपैयाँ हिनामिना, ठगी र सङ्गठित अपराध गरेको अभियोगमा ४१ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको करिब ४ वर्षपछि फैसला गरेको हो । 

न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बुधवार ‘कसुर कायम आदेश’ जारी गर्दै ४१ जना प्रतिवादीमध्ये १९ जनामाथि कसुर ठहर गर्दै २१ जनालाई सफाइ दिएको छ।

अदालतले गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर बिक, लिला भन्ने लिलाप्रसाद वली, किरण श्रेष्ठ, गौरवकुमार श्रेष्ठ, सुरतराम खटिक, बलराम यादव, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अम्बरबहादुर खड्का, हरदेवबक्स चौधरी, रबिन्द्र थापा, स्थिरमणि बज्राचार्य, तुसार शाह, सन्धि भन्ने सन्दीप शर्मा, लिला शाह र ओमप्रकाश चौधरीलाई दोषी ठहर गरेको हो । 

कसुर ठहर भएका प्रतिवादीका लागि एक महिनाभित्र अर्को पेशी तोकेर सजाय निर्धारण गरिने बताइएको छ ।

आरोपित अजय कुमार पाठक, सतिशकुमार शर्मा, तुल्सा थापा, अंगतरा बर्मा, दीपक बर्मा, चन्द्रप्रसाद तिमिल्सेना, राजेन्द्रकुमार बिक, मैया केसी, पवनकुमार यादव, लक्ष्मी श्रेष्ठ, विमला गौतम, कृष्णबिक्रम जिसी, रत्ना राणा, प्रमात्माप्रसाद कुर्मी, नन्दकिशोर कहार, गङ्गा भुसाल, विजयकुमार पाठक, विनयकुमार श्रेष्ठ, नारायणबाबु अधिकारी, विनोदकुमार शाक्य र कुलानन्द रेग्मीले भने सफाइ पाएका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ५६ बजे