सन्दीपको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्द्ध काठमाडौँ जिल्ला अदालतमा जारी नाबालिग बलात्कारसम्बन्धी मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले जाहेरवाला पक्षको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।

अबको उनको मुद्दामा बिहीबार फेरि सुनुवाइ हुनेछ। बहस सकिएपछि मुद्दाको अन्तिम फैसला आउने छ।

तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीले दायर गरेको बलात्कारसम्बन्धी मुद्दामा सम्भवत: यही साता अन्तिम फैसला आउँदै छ।

सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाले बहस गरिरहँदा आजको समय सकिएपछि भोलि पुन निरन्तर मुद्दाको बहस हुने छ। सापकोटाले नै भोलि बहस सुरु गर्ने छन्।

यसअघि गत २३ कात्तिकमा न्यायाधीश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिरभित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएका थिए। त्यसपछि दुबै पक्षले बहस नोट फाइल गरेपछि दोस्रो पटक पेशीमा मुद्दाको फाइनल बहस सुरु भएको हो।

यसअघि २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा नै रहेको भएपनि सन्दीपका कानुन ब्यबसायीले बार एसोसिएसनको सम्मेलनका कारण देखाएर मुद्दा स्थगित गरेका भएपनि दोस्रो पटक गत ८ पुसमा न्यायाधीश शिशिरराज ढकालले इजलासमा, पहिलो नम्बरमै पेशी परेसँगै फाइनल बहस सुरु भएसँगै फाइनल बहस जारी छ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ४० बजे