‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाली नागरिक अपहरणको आरोपमा छ भारतीय पक्राउ

काठमाडौं । दुई नेपाली अपहरणको आरोपमा छ जना भारतीय नागरिक पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा छ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।

गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।

तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ०२ बजे