जाजरकोटमा २४ दिने सुत्केरीको चिसोका कारण मृत्यु

सुर्खेत – सुरक्षित आवास निर्माण कार्यक्रम प्रभावकारी नहुँदा जाजरकोटमा त्रिपाल मुनीको बास बसिरहेकी सुत्केरी महिलाको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका -९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपाल मुनीको बास बसिरहेकै अवस्थामा मृत्यु भएको हो ।

मंसिर १७ गते जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण मृत्यु भएको हो ।

दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको छ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ०४ बजे