राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गर्नुभएको हो ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गर्नुभएको थियो । सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो । 

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुग्नु भएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो ।
 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : १७ बजे