दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महोत्सव उद्घाटन गर्न बागलुङमा राष्ट्रपति पौडेल

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार पुग्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमा उहाँ बागलुङ पुग्नुभएको हो । 

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको छ ।

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ जानुभएको हो । यस अवसरमा उहाँले बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ११ बजे