बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ ।​​​​​​​ नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको । चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ४७५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : २४ बजे