सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतको इजरायली राजदूतावास अगाडि बम विष्फोट

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विष्फोट भएको छ । चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिक मंगलबार साँझ बम विष्फोट भएको हो ।

दूतावास पछाडि रहेको खाली जग्गामा विष्फोटको आवाज सुनिएको थियो । विष्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीले बताएका छन् । समाचार एजेन्सी ‘पीटीआई’ ले दिल्ली पुलिस स्रोतलाई उद्धृत गर्दै घटनास्थलबाट इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको छ । यसमा के लेखिएको छ भन्ने जानकारी दिइएको छैन ।

विष्फोटको आवाज आएको ठाउँबाट केही दूरीमा रहेको दूतावासबाट केही टाढा रहेको एउटा खाली प्लाटमा प्रहरीले एउटा चिठ्ठी प्राप्त गरेको हो । पत्र इजरायली राजदूतको नाममा लेखिएको छ । त्यहाँ एउटा झण्डा बेरिएको छ । पत्र प्रहरीको नियन्त्रणमा छ । दिल्ली प्रहरीले उक्त क्षेत्रमा कुनै पनि विष्फोटक पदार्थ भने नभेटिएको जनाएको छ । इजरायली दूतावासका प्रवक्ता गाय नीरले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार साँझ ५ः२० बजे दूतावास नजिकै ‘विष्फोट’ भएको बताएका थिए । उनले कर्मचारी पूर्ण रूपमा सुरक्षित रहेको पनि पुष्टि गरेका छन् ।

अक्टोबर ७ मा गाजाको आतंकवादी संगठन हमासले इजरायलमा प्रवेश गरी १२ सय मानिसको हत्या गरेको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । हालसम्म इजरायलको आक्रमणबाट १६ हजार प्यालेस्टाइनी मारिएका छन् ।

सन् २०२१ मा इजरायली दूतावास बाहिर सामान्य विष्फोट भएको थियो । यसबाट तीनवटा गाडीमा क्षति पुगेको थियो । उक्त विष्फोटको अहिले पनि अनुसन्धान भइरहेको छ । विष्फोटपछि इजरायलले इरानमाथि षड्यन्त्र गरेको आरोप लगाएको थियो । घटनास्थलबाट एउटा चिठ्ठी बरामद भएको छ । यो इरानी कमाण्डर कासिम सुलेमानीको हत्याको बदला हो भनिएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ५१ बजे