‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने  

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको बताउनुभयो । सोमबार र मङ्गलवार सार्वजनिक बिदा अदालत पनि बन्द रहेकाले सुनुवाइ आज हुने भएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ५७ बजे