काठमाडौं। मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद गर्ने थप एकजना पक्राउ परेका छन् ।
प्रहरीले २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाहीलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ ।
स्वास्थ्यकर्मी विश्वर्माले आफूलाई लामो समयदेखि जातीय विभेद गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : १० पुस २०८०, मंगलबार १२ : ४९ बजे
प्रतिक्रिया