सुनकाे मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख २० हजार नाघेको छ । आज तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ११ : २६ बजे