‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेयर हर्क साम्पाङको चेतावनी : प्रधानमन्त्रीको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस्

​​​​​​​

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो झिकेर फाल्दिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा एक  स्ट्याटस लेख्दै मेयर साम्पाङले , ‘प्रधानमन्त्री ज्यूले धरानलाई माया गर्छन् गर्दैनन् हेर्छु यसपालि । मेरो अफिसको भित्तामा राखेको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस् । कुरा यति ।’

मेयर सम्पाङले धरानको विकासमा ध्यान नदिएको जन गुनासो बढ्दै गएको उनको यस्तो चेतावनी आएको छ ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ३२ बजे