भुटानी शरणार्थी नेता रिजालले पनि बुझाए धरौटी, बुधबारसम्म रिहा हुने

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।

काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका उनी एक दुई दिनमै रिहा हुँदैछन् । उनले १५ लाख रुपैयाँ बुझाएर अदालतबाट छुट पुर्जी लिइसकेका छन् ।

शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन् । त्यसैले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।

यस प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत भने धरौटी तिरेर छुटिसकेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ०६ बजे