१ कराेड ऋण लिएर नतिरेपछि बृन्दावन नगरपालिका प्रमुख कुर्मी कालोसूचीमा

​​​​​​​काठमाडौं । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मी कालो सूचीमा परेका छन् ।

कामना सेवा विकास बैङ्कबाट लिएको ऋण नतिरेपछि उनी कालो सूचीमा परेका हुन् । एकीकृत समाजवादीबाट चुनाव जितेका कुर्मीले १ करोड लिएर नतिरेपछि बैङ्कले कालो सूचीमा राखेको हो । 

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको विश्वास पात्रका रुपमा जिल्लामा परिचित कुर्मीले ऋण तिर्नभन्दा पनि राजनीतिक 'लबिङ' गरेर मिनाहा गर्ने तरखरमा लागेका थिए। 

३ वर्षअघि लिइएको ऋणको किस्ता नतिरेपछि बैङ्कले पटक पटक तोकेता गरेकाे थियाे । ऋण नतिर्ने र राजनीतिक पहुँचका कुरा गरेर बैँकका कर्मचारीहरुलाई धम्क्याउने गरेका थिए । कुर्मी मङ्सिर १९ गते कालो सूचीमा परेका हुन् ।

यस विषयमा थप जान्न चक्रपथ डटकमले नगर प्रमुख कुर्मीलाई सम्पर्क गर्दा उनको फोन उठेन । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : १६ बजे