मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न मागगर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमवार काठमाडौंमा प्रदर्शन भएको छ ।

सोमवार प्रदर्शनकारीले गौशालादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

मन्त्री किरातीले केही दिन अगाडी काठमाडौंमा आयोजित एक कार्यक्रममा क्रिष्चियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए । 

विभिन्न हिन्दू संघ संस्थाले आह्वान गरेको प्रदर्शन कार्यक्रमका सहभागिहरुले मन्त्री किरातीको राजीनामा माग गरेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ५४ बजे