सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकाको झांगाझोली रातमाटामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुली तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन् । दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी खोटाङ दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि आक्रोशित स्थानीयले सवारी आवागमन ठप्प पारेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ११ : १० बजे