साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

फुलबुट्टे सारीले कमायो  १० करोड भ्यूज, केक काटेर मनाइयो खुसीयाली

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौं । फुलबुट्टे सारी छपक्क पारी, पछौरी मलमलको बोलको गीतले युट्युबमा १० करोड भ्युज पुराएको छ । 

आजभन्दा १६ वर्षअघि २०६६ सालमा मार्मिक लामाले गाएको यो गीत तीन वर्ष अघि गायिका मिलन नेवारले गाएकी थिइन् ।  गीतकार र सङ्गीतकार राजनराज शिवाकोटी यो गीत एल्बम निकालेको समयमा खासै नचले पनि त्यसको एघार वर्षपछिदेखि  चर्चामा आउन सुरु भएकाे थियाे।

झन्डै मृत्युतुल्य अवस्थामा पुगेको यो गीत २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि एकाएक लोकप्रिय मात्र भएन त्यही लोकप्रियताको कारण विभिन्न भर्सनमा समेत निकालियो । 

 

गीतमा शब्द, सांगीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । रोमान्टिक भावधाराको यो गीतमा एउटा प्रेमीले आफ्नै प्रियसीको बारेमा मिठा कल्पना गरेको सुन्न पाइन्छ  । नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको  गीतमा नारीको सौन्दर्यलाई  विभिन्न कोण–प्रतिकोणबाट व्याख्या गरिएको  छ । 

गायिका मिलन नेवारको स्वरमा पुर्नजिवत भएको यो गीतले तीन वर्षमा युट्यवमा १० करोड भियूज कमायो । गायिका नेवार र गीतकार एवं सगिंतकार सिवाकोटीले आइतबार केक काटेर खुसीयाली मनाए । काठमाडौँको प्रिज्मा रेकर्डिङ स्टुडियोमा खुसीयाली मनाउँदै गायिका मिलन नेवारले आफूले यो गीत गाउन पाउनु पुनर्जन्म पाए जतिकै भएको बताउनुभयो । यो गीतको सफलतासँगै आफ्नो गायन यात्रा सफल भएको भन्दै उनले गीतकार एवं सङ्गीतकार सिवाकोटीले दिनुभएको उक्त अवसरको मुक्तकण्ठले प्रशंसा गरिन् । सिवाकोटीले पनि यो गीतले अपेक्षाकृत सफलता पाएको भन्दै खुसी व्यक्त गरे । उनले यो गीत हिट बन्नुमा मिलन नेवारको ठुलो हात रहेको भन्दै प्रशंसा गरे । 

खुसीयाली  साटासाट कार्यक्रममा उक्त गीतका म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले देशको जनसङ्ख्या भन्दा ५ गुणा बढी भ्युज पाउनु निक्कै खुसीको विषय भएको बताए । 

कार्यक्रममा द भ्वाइसको टप आठमा पुगेका टिम मिलनका विनोद राई सहभागी थिए । गीतको सफलताको खुसी साट्दै गायिका मिलन नेवारले आफू र विनोदको स्वरमा चञ्चले बिजुली आँखा बोलको गीत रेकर्ड गर्न लागेको सुनाउनुभयो । 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ३५ बजे