कोइरीको सांसद पद निलम्बन फुकुवा

​​​​​​​काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । १९ वैशाख २०८० निलम्बनमा परेका उनको आइतबार निलम्बन फुकवा भएको हो ।

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा नेकपा एमालेबाट महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि संसद्का केही बैठकमा उपस्थिती देखाएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्कबिहीन बनेका थिए । 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : २९ बजे