नेप्से परिसूचक २१ अंकले घट्यो

काठमाडौं । अघिल्लो सेयर कारोबार साताको अन्तिम दिन बिहीबार  ३२.७७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेको छ ।

बजार दोहोरो अंकले घटेपनि एक दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल, कालिका पावर,सामलिङ पावर,बीपीडब्लु लघुवित्त वित्तीयलगायत १२ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन ३०९ कम्पनीको मूल्य १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका  आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोड बढी मूल्यको कारोबार भयो। हाथवे इन्भेस्टमेन्टको २९ करोड,सोनापुर मिनरल्सको २८,ग्रोथ सिमेन्टको २२ करोड र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो।

दोहोरो अंकले घटेको सेयर बजारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए।

ज्योति विकास बैंक र नेपाल रिपब्लिक मिडियाको १० प्रतिशत,हाथवे इन्भेस्टमेन्टको ९.८५ प्रतिशत र आँखु् खोला जलविद्युतको ९.१७ प्रतिशतले मूल्य घटेको हो।

चार उपसमूहबाहेक नौं उपसमूहको परिसूचक ओरालो लाग्यो। हाइड्रोपावरको ०.०८,लाइफ इन्स्योरेन्सको०.५२,ननलाइफ इन्स्योरेन्सको ०.५६ र अदर्श उपसमूहको सूचक ०.९७ प्रतिशतले बढ्यो।
 
यसदिन ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ३.११ प्रतिशतले घट्यो।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ०४ बजे