सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट :१२ जनाको मृत्यु, ३९ घाइते

जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।

सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।

 ‘पीटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिल’को प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले भन्नुभयो, “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताउनुभयो । 

घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।

अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको छ ।

आइतबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । 
 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ३९ बजे