काभ्रे। विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।
पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले कक्षा ९ मा अध्ययनरत १५ वर्षीय छात्रालाई पटक–पटक यौन दुर्व्यवहार गरेको खुलेको छ । घटना बाहिरिएपछि अभिभावक र विद्यार्थीले विद्यालयमा दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए ।
कार्तिक ११ गते छात्रालाई बनेपाको एक होटलमा बोलाई शिक्षकहरुले जवरजस्तीकरणी गरेका थिए । पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याइएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : ८ पुस २०८०, आइतबार २ : ५२ बजे
प्रतिक्रिया