मंसिरमा आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा देशको आयात र निर्यात दुबै कमी भएको छ ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म देशको आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

विभागले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार मंसिर महिनासम्म देशको आयात ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ रहेको छ भने निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

आयत अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतमा कमी रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ५८ बजे