सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीशमा नियुक्त

​​​​​​​काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको छ ।

न्याय परिषदको आइतबार बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघिका मुख्य रजिष्ट्रार मुख्य न्यायाधीश बन्ने गरेको भन्दै यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गर्नुभएको थियो । यद्यपि पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बन्नुभएको बताइएको छ ।

उहाँको उनको रोलक्रम अनुसार राजन भट्टराईपछि मुख्य न्यायाधीशको पालो आउनेछ । न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन हुनुभएको छ । त्यसैगरी परिषद् बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगञ्ज इज्लासमा सरुवा गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ४७ बजे