काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको छ ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।
प्रकाशित मिति : ८ पुस २०८०, आइतबार १० : १२ बजे
प्रतिक्रिया