बाघको आक्रमणबाट बर्दियामा १२ वर्षीय सुनितको मृत्यु

बाँके । बर्दियामा बाघको आक्रमणमा परी फेरि एक जना बालकको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–४ बैरियामा शनिवार बाघको आक्रमणमा परि १२ वर्षीय बालकको मृत्यु भएको हो ।

बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभएको छ ।

 

।बर्दियामा पछिल्लो समय बाघ र चितुवाको आक्रमण दिनप्रतिदिन बढिरहेको छ। केहिदिन अघि मात्र चितुवाले आक्रमण गर्दा बर्दियामा दश जना घाइते भएका थिए।विगत केही महिना यता बैरिया लगायत आसपासका गाउँमा बाख्रादेखि कुकुर र मानिसलाई समेत बाघले आक्रमण गरी मार्दै आएको हुँदा त्यस ठाउँका स्थानीय निकै त्रासमा बसिरहेका छन् ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ४४ बजे