कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

चितवन । चितवनमा कार अनियन्त्रित भई पल्टिँदा कार चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का विष्णु क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राती १ बजेर ५० मिनेट जाँदा भरतपुरबाट खोलेसिमल जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको बायाँतर्फको टायर पड्किन गई दुर्घटना भएको थियो । 

दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको  क्रममा चितवन मेडिकल कलेजमा २ बजेर ५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : ०० बजे