‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने युवक पक्राउ

काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने  नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।​

नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा बालिकाहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरूलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाई फकाई होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरूलाई विगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरूबाट बाहिरसमेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : १५ बजे